IME Life New

यी हुन् गरिमा विकास बैंकका २२ ठूला शेयरधनी, सञ्चालकहरुसँग कति छ शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक राष्ट्रियस्तरका विकास बैंकमध्ये एउटा हो। २०८० असार मसान्तसम्म यो बैंकको चुक्तापुँजी ५ अब १८ करोड रुपैयाँ रहेको छ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार यो बैंकमा ०.५ प्रतिशतदेखि माथि शेयर स्वामित्व भएका २२ जना शेयरधनी छन्। सबैभन्दा बढी शेयर स्वामित्व प्रदीपकुमार रुंगटाको रहेको छ। उनको यो बैंकमा २.३८ शेयर स्वामित्व रहेको छ।

Esewa
Crest

यसैगरी बैंकमा १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका ४ जना शेयरधनीहरु छन्। जसअनुसार चन्द्रकान्त बरालको १.७९ प्रतिशत, श्यामप्रसाद बस्यालको १.६३ प्रतिशत, छविलाल कुँवरको १.३९ प्रतिशत र प्रेमबहादुर जीसीको १.१४ प्रतिशत शेयर स्वामित्व रहेको छ।

बैंकमा १७ जनाको शेयर स्वामित्व ०.५ प्रतिशतदेखि ०.९८ प्रतिशतसम्म रहेको छ। आनन्दप्रसाद श्रेष्ठको ०.९८ प्रतिशत, अनिश मुडभरीको ०.९७ प्रतिशत, दीपेन्द्र श्रेष्ठको ०.९२ प्रतिशत, यन्जनलाल शाक्यको ०.९१ प्रतिशत, जमुना काफ्लेको ०.८३ प्रतिशत, शिवप्रसाद कटुवाल क्षेत्री (केसी)को ०.८२ प्रतिशत, रमाकान्त बरालको ०.७९ प्रतिशत, गौरी श्रेष्ठको ०.७४ प्रतिशत, हिमांशु खड्काको ०.७३ प्रतिशत, शेरबहादुर बुढाथोकी, रविन्द्रराज जोशीको ०.६८ प्रतिशत र यादवकुमार श्रेष्ठको समान ०.६८ प्रतिशत, कर्णबहादुर श्रेष्ठको ०.६४ प्रतिशत, हरिकुमार श्रेष्ठको ०.६३ प्रतिशत, भगवतीदेवी पाठकको ०.५६ प्रतिशत, रघुपति लम्सालको ०.५५ प्रतिशत र रामप्रसाद श्रेष्ठको ०.५० प्रतिशत शेयर स्वामित्व रहेको छ।

बैंक सञ्चालकको नाममा रहेको शेयर

संस्थापक समूहबाट बैंकका अध्यक्ष बनेका श्यामप्रसाद बस्यालको स्वामितवमा कुल ८ लाख ४८ हजार ७८.९१ कित्ता शेयर रहेको छ। उनीसँग ८ लाख १६ हजार ६०.७४ कित्ता संस्थापक र २१ हजार १८.१७ कित्ता सर्वसाधारण शेयर रहेको छ।

यसैगरी संस्थापक समूहबाट सञ्चालक डा अनान्दप्रसाद श्रेष्ठको स्वामित्वमा ३ लाख ७४ हजार ६९१.१९ कित्ता संस्थापक र १ लाख ३५ हजार ९६०.४४ कित्ता सर्वसाधारण गरी कुल ५ लाख १० हजार ६५१.६३ कित्ता शेयर रहेको छ। संस्थापक समूहबाटै सञ्चालक बनेका दिपेन्द्र श्रेष्ठसँग पनि ३ लाख ५५ हजार ७७५.७१ कित्ता संस्थापक शेयर र १ लाख १९ हजार ८३२.९७ कित्ता सर्वसाधारण शेयर रहेको छ।

सर्वसाधारणबाट सञ्चालक बनेका विमल पाण्डेसँग २५ हजार १७४.६० कित्ता, सञ्जीव ढकालसँग ३ हजार ५५५.६४ कित्ता र सरस्वती पाठकसँग १ हजार ४८७.७६ शेयर रहेको छ।

बैंकका स्वतन्त्र सञ्चालक मुकुन्दराज आचार्यसँग भने यो बैंकको १ कित्ता शेयर पनि रहेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS