IME Life New

पाँच महिनामा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा २ अर्ब १६ करोड, सर्वाधिक कमाउनेमा मुक्तिनाथ अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले २ अर्ब १६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ। यो बैंकले मंसिरसम्म ४५ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ।

Esewa
Crest

उच्च नाफा कमाउने गरिमा विकास बैंक दोस्रोमा स्थानमा रहेको छ। गरिमाले यो ५ महिनामा ३८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी तेस्रोमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ३० करोड २४ लाख रुपैयाँ र चौथोमा रहेको लुम्बिनी विकास बैंकले क्रमशः २४ करोड ४३ लाख रुपैयाँ कमाउन सफल भएका छन्।

पाँचौँ स्थानमा महालक्ष्मी विकास बैंक रहेको छ। यो बैंकले २१ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी ज्योति, कामना सेवा र सांग्रिला डेभलपमेन्ट बैंकले नाफा आर्जनको हिसाबले क्रमशः छैटौँदेखि आठौँ स्थानमा रहेका छन्। यो ५ महिनामा ज्योतिले १९ करोड ९९ लाख रुपैयाँ, कामना सेवाले १९ करोड ६७ लाख रुपैयाँ र सांग्रिलाले १५ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS