IME Life
Beema Board

साढे १४% ले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता, कारोबारमा पनि बढोत्तरी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १४ प्रतिशतले बढेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड २६ लाख २४ हजार ६०७ पुगेको छ। अघिल्लो वर्ष मंसिरसम्म यो संख्या १ करोड ९७ लाख ६६ हजार ४१५ थियो।

Prabhu
Crest

यो वर्षको मंसिरसम्म मोबाइल बैंकिङबाट २ खर्ब ६३ अर्ब ४६ करोड ४० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म मोबाइल बैंकिङबाट १ खर्ब ६० अर्ब ३ करोड ६० लाख रुपैयाँबराबरको भुक्तानी भएको थियो। यो हिसाबले मोबाइल बैंकिङबाट हुने कारोबार पनि ६.४६ प्रतिशतले बढेको छ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने १ प्रतिशतले बढेर यो वर्षको मंसिरसम्म १७ लाख ८८ हजार ६५७ मा पुगेको छ। अघिल्लो वर्ष मंसिरसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ७० हजार ९३७ थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS