IME Life New

लालसागरमा भूराजनीतिक तनाव लम्बिए समुद्री बीमाको लागत बढ्ने प्रक्षेपण, पर्ख र हेरको नीतिमा भारतीय बीमक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा कम्पनीहरुले लालसागरको वर्तमान अवस्था लम्बिएमा समुद्री बीमाको लागत बढ्ने प्रक्षेपण गरेका छन्। तर, अहिलेको अवस्था नियन्त्रणमा आउने बीमा कम्पनीहरुको विश्वास छ। उनीहरुका अनुसार अहिलेसम्म कुनै दाबी माग गरिएको छैन।

एचडीएफसी एर्गो जनरल इन्स्योरेन्सका खुद्रा व्यवसायका अध्यक्ष पार्थनिल घोषका अनुसार लालसागरमा भारतीय तेल ट्यांकरमाथि भएको आक्रमणजस्ता घटना बढेमा कार्गोको बीमा लागत बढ्छ। यस्ता घटना भइरहने हो भने अपहरण र फिरौतीका घटना बढ्ने घोषले बताए। ‘यसबाहेक विगतमा मालवाहक जहाजले यात्राको रुट परिवर्तन गरेकाले लागत बढेको र यसले बीमाको लागत पनि बढ्ने गरेको देखिएको छ’, उनले भने।

Esewa
Crest

रोयल सुन्दरम जनरल इन्स्योरेन्सका प्रमुख प्राविधिक अधिकृत दीपक प्रिन्झाका अनुसार अहिलेको अवस्था व्यवस्थापनयोग्य छ र हरेक कम्पनीले हेर र पर्खको नीति अपनाएका छन्। ‘दाबीहरु आउन बाँकी छन्’, उनले भने, ‘बीमा उद्योगले यी घटनाक्रमलाई ध्यानपूर्वक अनुगमन गरिरहेको छ र भूराजनीतिक दबाब र बढ्दो घटनाका कारण बीमा रकम बढ्न सक्छ।’

लालसागर क्षेत्रसँग सम्बन्धित जोखिम बढेको एक भारतीय बीमा अधिकारीले बताए। ‘यद्यपि अहिलेसम्म हामीले दाबीमा कुनै वृद्धि वा कुनै घाटा देखेका छैनौँ’, उनले भने, ‘तर दाबीहरु बढ्ने सम्भावना छ। यदि कुनै ठूलो दाबी छैन भने बीमा लागतमा कुनै वृद्धि हुने छैन।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS