IME Life New

सूर्यज्योति लाइफले भन्यो भ्रममा नपरी निर्धक्क भई बीमा सेवा लिनुस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भ्रामक र आधारहीन समाचारको पछि नलाग्न सरोकारवालाहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘हालै केही सीमित अनलाइन मिडियाद्वारा सुनियोजित तबरले शृंखलाबद्ध गरी फरक–फरक शीर्षक राखी सूर्यज्योति लाइफप्रति नकरात्मक असर पुर्याउने हेतुले आफुखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन र सत्यतथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरुको सम्प्रेषण भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता समाचारहरुप्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

केही सीमित मिडियामा प्रकाशित समाचारहरु तथ्यहीन, आधारहीन र कपोलकल्पित रहेको र गलत आरोप लगाएर लाखौँ बीमित, लाखौँ शेयरधनी र हजारौं अभिकर्ताको विश्वास जित्न सफल सूर्यज्योति लाइफप्रति आमजनतामा नै भ्रम सिर्जना गर्ने र कम्पनीको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले सुनियोजित तवरले प्रकाशित गरेको कम्पनीको भनाइ छ। ‘यस्ता आधारहीन समाचारको पछि नलागी पूर्ण रुपमा निर्धक्क भई दृढ विश्वास राखी विगतमा झैँ कम्पनीले जारी गरेको बीमालेख खरिद गर्न र अन्य सेवासुविधा लिन सबैलाई आग्रह गर्दछौँ’, कम्पनीले भनेको छ।

Esewa
Crest

कम्पनीसँग सम्बन्धित कुनै सुझाव वा गुनासो भएमा नजिकको शाखा कार्यालय वा कम्पनीको ई–मेलमार्फत उपलब्ध गराउन पनि कम्पनीले आग्रह गरेको छ। कम्पनीले सदैव संस्थागत सुशासन, बीमा ऐन र नीतिनियमको अवलम्बन गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशनअनुसार आफ्ना सम्पूर्ण कार्यसम्पादन गर्दै आएको जनाएको छ।

‘नेपाल सरकारका अन्य नियामक निकाय कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एकस्चेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सीडीएस एन्ड क्लियरिङ लिमिटेडलगायत सबै सरोकारवाला नियामक निकायहरुको नीति, नियम र निर्देशनहरुको परिधिभित्र रही सो निर्देशनहरुको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएका छौँ’, विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS