IME Life New

मधेश प्रदेशमा बैंकको कर्जा लगानी साढे ४ खर्ब रुपैयाँ नाघ्दा निक्षेप संकलन १३ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप संकलनको तुलनामा कर्जा रकमको अत्यधिक माग हुने मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह साढे ४ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७९।८० मा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत् कूल ४ खर्ब ५० अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

केन्द्रिय बैंकका अनुसार गत आवमा कर्जा प्रवाह ४.६८ प्रतिशतले वृद्धि भएको थियो । आन्तरिक बजारको मागमा आएको गिरावटसँगै औद्योगिक उत्पादन कटौती भएकाले कर्जा प्रवाह वृद्धि अघिल्लो आवको तुलनामा घटेको छ। अघिल्लो आव २०७८।७९ मा मधेशमा कर्जा वृद्धि १६.७० प्रतिशत भएको थियो ।

Esewa
Crest

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदनका अनुसार  मधेश प्रदेशमा संकलित निक्षेपको करिब डेढ गुणा बढी कर्जा माग हुने गरेको छ। मधेशबाट बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९।८० मा कूल २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

सर्वसाधारणले औपचारिक बैंकिङ च्यानलमार्फत् निक्षेप कारोबार गर्ने क्रम बढेसँगै मधेश प्रदेशमा निक्षेप संकलनको अवस्थामा सुधार देखिएको छ। केन्द्रीय बैंकका अनुसार मधेश प्रदेशको निक्षेप संकलन १३.२५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आव २०७८।७९ मा कूल २ खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो । अघिल्लो आवको निक्षेप वृद्धि दर जम्मा ५.३५ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा कुल कर्जा प्रवाहमा मधेश प्रदेशको हिस्सा ८.२९ प्रतिशत रहेको छ । कुल निक्षेप परिचालनमा ५.०९ प्रतिशत रहेको छ । यसैगरी निक्षेप परिचालनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ६८.२९प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम १.१७ प्रतिशत मात्र रहेको छ । कुल कर्जा प्रवाहमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ५०.५४ प्रतिशत र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशको हिस्सा २.८८प्रतिशत रहेको छ ।

मधेश प्रदेशमा सञ्चालित बैंक वित्तीय संस्थाको शाखा संख्या १ हजार ७ सय ४५ रहेको छ । त्यसैगरी शाखारहित बैकिङ्ग सेवा सबै भन्दा बढी कोशी प्रदेशमा ५ सय ७६ स्थानमा र सबैभन्दा कम कर्णालीप्रदेशमा ४२ स्थानमा संचलन भईरहेको छ भने मधेश प्रदेशमा यस्तो सेवा २ सय १ स्थानमा सञ्चालनमा छ ।  मधेश प्रदेशमा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता १३ लाख ९ हजार ८सय ३९ र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता ८० हजार ४ सय ४६ रहेका छन्। मधेश प्रदेशभरम जम्मा ४ सय २ वटा एटिएम मेशिन जडान गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS