IME Life New

निर्जीवन बीमकको मोटर बीमावापतको व्यापार खुम्चिंदा सम्पत्ती बीमाको आम्दानी बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा निर्जीवन बीमकको मोटर बीमावापत बीमाशुल्क आम्दानी खुम्चिए पनि सम्पत्ती बीमावापतको बीमाशुल्क आम्दानी बढेको छ। मोटर बीमावापतको बीमाशुल्क आम्दानी १६ करोड ८४ लाख रुपैयाँले खुम्चि‌ंदा सम्पत्ती बीमालेखको आम्दानी ४६ करोड रुपैयाँले उल्लेख्य वृद्धि भएको छ।

सम्पत्ती बीमावापत गत आवको मंसिर मसान्तसम्ममा ३ अर्ब ४७ करोड ३१ लाख ३० हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेका निर्जीवन बीमकले यो वर्षको सो अवधिभित्र ३ अर्ब ९३ करोड ३१‍लाख ६७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार प्राधिकरणका अनुसार चालू आव २०८०।८१ को मंसिर महिनासम्ममा १४ निर्जीवन बीमकले मोटर बीमावापत कूल ५ अर्ब ३१ करोड २६ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेका छन् । यो आम्दानी गत आव २०७९।८० को सोही अवधिमा ५ अर्ब ४८ करोड ११ लाख २५ हजार रुपैयाँ थियो ।

Esewa
Crest

मोटर बीमा र सम्पत्ती बीमा दुबै वापतको बीमाशुल्क आम्दानीको ठूलो हिस्सा बागमती प्रदेशले ओगट्दै आएको छ। सर्वाधिक सम्पत्ती बीमा हुने बागमती प्रदेशबाट निर्जीवन बीमकले कूल २ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् । मोटर बीमावापत कूल २ अर्ब ९० करोड ९ लाख १ हजार रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् । सवारी साधन दर्ता संख्याका हिसाबले दोश्रो ठूलो प्रदेश लुम्बिनीबाट निर्जीवन बीमकले मोटर बीमावापत ७१ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् । तेश्रो ठूलो प्रादेशिक बजार कोशी प्रदेशबाट निर्जीवन बीमकले कूल ५० करोड ९९ लाख  ४६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

निर्जीवन बीमकको आव २०८०।८१ को मंसिर मसान्तसम्मको बीमाशुल्क आम्दानी, श्रोतः नेपाल बीमा प्राधिकरण

प्राधिकरणका अनुसार गत आवको मंसिर महिनासम्मको व्यवसायको तुलनामा चालू आवको सोही अवधिमा मोटर बीमाशुल्क आम्दानी सातवटै प्रदेशमा खुम्चिएको छ। यसको विपरित सम्पत्ती बीमावापतको बीमाशुल्क आम्दानी सातवटै प्रदेशमा वृद्धि देखिएको छ।

आव २०७९।८० को मंसिर मसान्तसम्मको निर्जीवन बीमकको बीमाशुल्क आम्दानी

नेपाल बीमा प्राधिकरणले सम्पत्ती बीमामा समेत न्यूनत्तम बीमाशुल्क दर कायम गरिदिए पछि सम्पत्ती बीमावापतको बीमाशुल्क आम्दानीमा सकारात्मक प्रभाव देखिएको हो। यसबाहेक स्थानीय सरकारले समेत सम्पत्ती बीमालाई प्राथमिकता दिंदै सम्पत्ती कर निर्धारणमा सहुलियत दिन थालेपछि त्यसको असर देखिएको हुनसक्छ। बीमकका अनुसार सवारीसाधनको आयात र खरिदबिक्री दुबै कारोबारमा आएको मन्दीले मोटर बीमावापतको बीमाशुल्क यो आर्थिक वर्षमा खस्किएको हो ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री गाडी बिक्री घट्दा त्यसको प्रभाव मोटर बीमाबापतको व्यापार खुम्चिएको बताउँछन्। ‘अहिले गाडी बिक्री घटेको छ। त्यसैले नयाँ बीमालेख पनि घटेको छ’, उनले भने, ‘अर्कोतर्फ पुराना गाडीको बीमालेख नवीकरण गर्दा बर्सेनि ह्रासकट्टी गर्दा बीमाशुल्क पनि घट्दै जाने भएकोले पनि मोटर बीमाको बीमाशुल्क आर्जन घटेको हो।’

सम्पत्ति बीमाको व्यापार बढ्नु र पुराना बीमालेख नवीकरण गर्दा ह्रासकट्टीको व्यवस्था नभएकोले पनि सम्पत्ति बीमाको बीमाशुल्क आर्जन बढेको क्षेत्रीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS