IME Life New

फोनपेले ल्यायो “फोनपे गर्ने हो” नामक नयाँ योजना, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपेले “फोनपे गर्ने हो” नामक नयाँ अभियानको घोषणा गरेको छ। फोनपे सँग “सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अप्नाउन प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फोनपे क्यू आर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्ताहरुलाई सरल र सुविधाजनक बनाउँदै, धेरै मानिसहरु माझ थप उजागर गराउनु यस अभियानको उद्देय हो । पुस १३ देखि पुस १७ सम्म चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे डिरेक्ट सेवा, अभियान समय अवधि भर, पाँच पटक सम्म प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

त्यसको साथसाथै, फोनपे क्यू आर वा फोनपे डिरेक्ट, दुबै सेवा ५ पटक सम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्ने छन्।

यस अभियानमा  दुई भाग्यशाली विजेताहरूलाई MI-Xiaomi 12 स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अभियान मार्फत फोनपेले, फोनपे सेवाहरू द्वारा व्यक्तिहरूलाई डिजिटल भुक्तानी विधिहरू अपनाउन प्रेरित गर्न खोजेको छ जहाँ डिजिटल भुक्तानीहरू आजको दिनमा विकल्प मात्र नभई, दैनिक रुपमा कारोबारको आवश्यक्ता नै हुन पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS