IME Life New

बागमतीमा निर्जीवन बीमा व्यवसाय सबैभन्दा बढी, अन्य प्रदेशमा कति उठाए प्रिमियम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म करिब पौने १६ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो ५ महिनामा ११ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु बीमा कम्पनीले कुल १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

यी कम्पनीहरुले गत कात्तिकसम्मको तुलनामा ५ अर्ब २९ करोड ४२ लाख रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो महिना कात्तिकसम्म यी कम्पनीहरुले १० अर्ब ४५ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। यो हिसाबले अघिल्लो महिनाको तुलनामा कम्पनीहरुको बीमाशुल्क आर्जन ५०.६४ प्रतिशतले बढेको छ।

Esewa
Crest

प्रदेशगत हिसाबले निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती पनि विस्तार भएको देखिएको छ। मंसिरसम्म कम्पनीहरुले बागमती प्रदेशबाट मात्रै १० अर्ब २६ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यसैगरी लुम्बिनी प्रदेशबाट कम्पनीहरुले १ अर्ब ५० करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। कोशी प्रदेशबाट १ अर्ब ४० करोड ८० लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका कम्पनीहरुले मधेश प्रदेशबाट १ अर्ब ८ करोड ४७ लाख रुपैयाँ, गण्डकीबाट ९१ करोड ४९ लाख रुपैयाँ, सुदूरपश्चिमबाट ४१ ८४ लाख करोड रुपैयाँ र कर्णालीबाट १५ करोड ६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS