IME Life New

पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार १५ अर्ब ७२ करोडमाथि, कुनले कति गरे आर्जन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्बमाथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले यस अवधिसम्ममा ११ लाख ६१ हजार २५९ वटा बीमा पोलिसी विक्री गरी १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यी कम्पनीहरुले मंसिर महिनामा मात्रै करिब ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् ।

मंसिर महिनासम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ९९ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ६५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ५७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ३९ करोड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३८ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ३३ करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले ९६ करोड ८६ लाख, प्रभु इन्स्योरेन्सले ८४ करोड १४ लाख, ओरिएण्टल इन्स्योरेन्सले ७२ करोड ७१ लाख, राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ६१ लाख, नेपाल इन्स्योरेन्सले ६१ करोड ९१ लाख र नेशनल इन्स्योरेन्सले ५१ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS