IME Life New

आजदेखि लागू भएको ओखर खेती बीमामा कस्ता छन् विशेषताहरु ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज पौष १६ गतेदेखि प्रचलनमा ल्याएको ओखर खेती बीमालेखअन्तर्गत आगलागीदेखि ज‌ङ्गली जनावरबाट हुने क्षतिसम्मको जोखिम व्यहोर्ने सुविधा समेटिएको छ। प्राधिकरणले सार्वजनिक गरेको बीमालेखअन्तर्गत आगलागी, वर्षात, हावाहुरी , खडेरी, तुषारो, पहिरो, भूकम्प, रोग वा किरा, चट्याङ, जंगली जनावरको अतिक्रमणबाट हुने क्षतिविरुद्ध बीमित किसानले क्षति पाउने प्रावधान छ।

बीमालेखमा बीमाङ्क रकम र बीमाशुल्क निर्धारणका लागि दुई फरक फरक विधि समेत समेटिएको छ। लागतमा आधारमा र उत्पादनका आधारमा बीमाङ्क र बीमाशुल्क रकम निर्धारणको विधि तय गरिएको छ । प्राधिकरणका अनुसार ओखरको बोटको लागतमा आधारित रहेर बीमाङ्क निर्धारण गर्दा किसानले निर्धारित बीमाङ्कको ५ प्रतिशत रकम बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ। यसैगरी उत्पादन मूल्यको आधारमा बीमाङ्क निर्धारण गर्दा बीमाङ्कको ७ प्रतिशत रकम बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ।

Esewa
Crest

प्राधिकरणले बिजु विरुवाको हकमा सात वर्षसम्म लागतको आधारमा मात्र बीमाङ्क निर्धारण गर्न पाइने प्रावधान ल्याएको छ। सात वर्षको अवधि पुरा भएपछि लागत, उत्पादन मूल्य वा दुबैको सम्मिश्रण विधिबाट बीमाङ्क निर्धारण गर्न सकिनेछ। यसैगरी यो बीमामा समेत २ लाख रुपैयाँ बीमाङ्कको किसानको दुर्घटना बीमा अनिवार्य गरिएको छ।

बीमाङ्कको आधारमा बीमाशुल्क रकम ५ र ७ प्रतिशत निर्धारण गरिए पनि यो रकममा नेपाल सरकारको तर्फबाट ८० प्रतिशत अनुदान सहयोग प्रदान गरिने भएकाले किसानले व्यहोर्नुपर्ने भार बीमाङ्क रकमको क्रमशः १ प्रतिशत र १.४४ प्रतिशत रकम बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ। यो बाहेक दुर्घटना बीमाका लागि अतिरिक्त ५ सय रुपैयाँ किसानले नै भुक्तानी दिनुपर्नेछ। प्राधिकरणले प्रतिबोट उत्पादन लागत खर्च २ हजार १४४ रुपैयाँदेखि ४ हजार ३ सय कायम गरेको छ। यसैगरी उत्पादन लागतका आधारमा बीमाङ्क रकम तय गर्दा किसानले खेतमा पाउने मूल्यलाई आधार मान्नुपर्ने नियम बनाएको छ। यसका लागि ओखरको बोटको उमेरको आधारमा प्रति बोट ५ केजी देखि ११० केजी सम्म उत्पादन हुने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS