IME Life New

आँप बीमालेखः बोटको लागत रू. ४,५५० सम्म, उत्पादनको आधारमा पनि बीमा गर्न सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आँप खेतीको जोखिम बहन गर्ने सम्बन्धमा बीमालेख जारी गरेको छ। प्राधिकरणले लागतको आधार र उत्पादनको आधारमा बीमांक रकम निर्धारण विधि तय गरेको छ।

बीमा गरिने आँपको बोटको उमेरका आधारमा प्रति बोट उत्पादन लागत रु १,९९० देखि रु ४,५५० सम्म तोकिएको छ। बोटको उत्पादन लागतका आधारमा गरिने बीमामा प्रति बोटको लागत र कुल बोट स‌ंख्याको गुणनबाट प्राप्त हुने गुणन फलको आधारमा बीमा‌ंक रकम निर्धारण गरिनेछ। बीमांक रकमको ५ प्रतिशतको दरले बीमाशुल्क रकम निर्धारण गरिनेछ। यसरी निर्धारित बीमाशुल्क गणना गरिएपछि प्रत्यक्ष बीमावापत प्राप्त हुने छुट र सरकारी अनुदानवापतको छुट रकम समेत कट्टा गरिएपछि बाँकी कायम हुने बीमाशुल्क रकम किसानले भुक्तानी गर्नुपर्नेछ।

Crest

क) आँप बोटको बीमाङ्क = आँप बोटको स‌ंख्या ×प्रति बोटको लागत मूल्य
ख) आँप खेतीको बीमाशुल्क रकम निर्धारण = आँप बोटको बीमाङ्क×बीमाङ्क रकमको ५%(पाँच प्रतिशत)

यसैगरी उत्पादनको आधारमा जारी गरिने बीमालेखका हकमा प्राधिकरणले प्रति बोट उत्पादन परिमाण ५० देखि ११५ केजी तोकेको छ। उत्पादनका आधारमा क्षतिपूर्ती दिने गरी जारी गरिने बीमालेखमा क्षतिपूर्ती रकमको निर्धारण किसानले उत्पादन स्थलमा पाउने मूल्यका आधारमा गरिने बीमालेखको अनुसूची ४ मा उल्लेख छ। यो विधि अन्तर्गत बीमा‌ंक रकम गणना गर्दा प्रति बोट निर्धारित उत्पादन परिमाण र कूल बोट स‌ंख्याको गुणन फलमा आँपको बिक्री मूल्यले गुणन गर्दा प्राप्त हुने प्रतिफललाई आधार मानिनेछ। यो विधिमा बोटको लागत मूल्यको तुलनामा बीमाशुल्क रकम ४० प्रतिशत महँगो छ।

क) उत्पादन (फल) को बीमाङ्क = आँप बोटको स‌ंख्या ×प्रति बोटको औसत उत्पादन (फल) के .जी.×फलको मूल्य प्रति के .जी.
ख) आँप फलको बीमाशुल्क = उत्पादनको बीमाङ्क×बीमाङ्क रकमको ७% (सात प्रतिशत)

बोटको लागत र उत्पादनको आधारमा बीमा गर्नका लागि पुरा गर्नुपर्ने शर्तहरुः

१) बोट रोपण गरेको ४ (चार) वर्षसम्म लागतको आधारमा मात्र बीमा गररनेछ र रोपणको पाँच वर्ष पछि मात्र उत्पादन (फल) वा  लागत (बोट) वा दुबैको आधारमा बीमा गर्न सकिनेछ ।
(२) वर्ष बिराएर फल्ने जात भएमा तथा बोटले उत्पादन शुरु गरेको पाँच वर्षसम्मको उत्पादन तथ्याङ्क/लगतको विश्लेषणको आधारमा नफल्ने वर्षमा बोटको मात्रै बीमा गर्न सकिनेछ ।
(३)उत्पादनको आधारमा फलको बीमा फूल फुल्न शुरु गरेपश्चात अन्तिम पटकको फल टिपाई सम्म अवधिको मात्र हुनेछ ।

सरकारले कृषी बीमाका लागि किसानलाई बीमाशुल्क रकममा ८० प्रतिशत अनुदान सहुलियत दि‌ंदै आएको छ। कृषी बीमामा अनिवार्य समावेश गर्नुपर्ने दुर्घटना बीमा वापतको ५ सय रुपैयाँ किसानले पुरै व्यहोर्नुपर्नेछ, यसमा सरकारी अनुदान सहुलियत उपलब्ध गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS