IME Life New

खल्ती नेपालको सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रुपमा सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट खल्ती सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायक (पीएसपी) को रुपमा सम्मानित भएको छ। एनसीएचएलको १५औं वार्षिकोत्सवको अवसरमा खल्तीलाई सम्मान गरेको हो । तत्काल सुरक्षित, र भरपर्दो अनलाइन भुक्तानी सेवाहरु प्रदान गर्ने प्रतिबद्धताका लागि परिचित खल्ती नेपालको डिजिटल भुक्तानी परिदृश्यमा अग्रणी संस्थाको रूपमा देखा परेको छ।

मोबाइल रिचार्ज, बिल भुक्तान, र टिकट बुकिंग सहित सेवाहरूको विस्तृत श्रृंखलाको साथ, खल्ती देशमा वित्तीय समावेशीकरणलाई बढावा दिन अग्रणी भूमिका निर्वाह गरि रहेको छ।

Esewa
Crest

खल्ती डिजिटल वाल्लेट ले पछिल्लो समय मुभी ( इभेन्ट टिकेटिङ , क्यापिटल मार्केट को भुक्तानी , विभिन्न सरकारी सेवा हरुको भुक्तानी मा समेत अब्बल रुपमा काम गर्दै आइरहेको छ ।

सम्मान प्रति कृतज्ञता ज्ञापन गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनाय खड्काले “नेपालमा वित्तीय समावेशीकरण सिर्जना गर्ने भिजनका साथ सुरू गरिएको खल्ती डिजिटल वालेटले अज्जै नबिनतम सेवा तथा सुबिधाहरु ल्याई निर्बाध डिजिटल भुक्तानी का समाधानहरू प्रदान गर्ने प्रतिबद्ता ब्यक्त गरे।

ISO 27001 M 2013 बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards 2022बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ज्ञ लाख भन्दा बढी एजेन्ट, ६० हजार भन्दा मर्चेन्ट , ५० भन्दा बढी बैंक तथा वित्तिय संस्था, १५०० भन्दा बढी सहकारीहरू र ३०० भन्दा बढी कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS