IME Life New

तपाईलाई कति कित्ता पर्यो हिमालयन रिइन्स्योरेन्सको आइपीओ? यी ३ तरिकाबाट हेर्न सकिन्छ नतिजा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भइसकेको छ । तर आइपीओ नतिजा भने केहि समयपछि मात्रै प्रकाशन हुने विक्री प्रबन्धकले जनाएको छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ।

जस अनुसार बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/सिडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

Crest

आइपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाको आवेदन परेको थियो। जस मध्ये १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका छन्। अर्थात् २९ हजार २१ जनाले ४० कित्ता शेयर पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

17%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

17%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS