IME Life New

इसेवा केयरको क्रिसमस अफरमा बीमा सुविधा सहित ३६ हजारसम्म क्यासब्याक पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले अत्याधिक रुचाइएको इसेवा केयर सुविधामा क्रिसमस अफर अन्तर्गत ३६ हजार क्यासब्याक पाइने अफर सार्बजनिक गरेको छ । दैनिक एक रुपैयाँ भन्दा कममै हेल्थ केयर सुविधा लिन सकिने इसेवा केयरमा यस्तो अफर सार्बजनिक गरिएको जनाइएको छ ।

अफर अन्तर्गत वर्षको ३६० रुपैयाँमा २ लाख ३० हजार सम्मको कभरेज प्रदान हुनेछ । यो सेवा आज पौष ८ खरीद गरेमा एक जना भाग्यशाली बिजेताले सय गुणा अर्थात् ३६ हजारको क्यासब्याक पाउनेछन् । इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ ।

Esewa
Crest

यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एप्समा गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दापनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै अस्पताल भर्ना बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन्।

यस प्याकेज अन्तर्गत हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट २,३०,००० सम्मको दुर्घटना उपचार खर्च र अस्पतालको बेड शुल्कको बीमा दाबी गर्न सकिनेछ । जस अन्तर्गत अस्पतालको बेड चार्जमा १०,००० रूपैयाँसम्म र २,२०,००० सम्मको दुर्घटना बीमा उपलब्ध छ । साथै बिभिन्न स्वास्थ्य सेवामा ३० प्रतिशत सम्मको छुट पनि पाउने ब्यबस्था गरिएको छ।

यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ । खरिदकर्ताले इसेवा मार्फत पनि डकुमेन्ट बुझाएर दाबी भुक्तानीको लागि प्रकृया सुरु गर्न सक्दछन।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ८० लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS