IME Life New

बैंकर्स एसोसिएसनमा पाँच नयाँ सदस्य चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)मा ५ जना नयाँ सदस्य चयन भएका छन्।

एनबीएको शनिबार भएको साधारणसभाले एसोसिएनको कार्य समितिमा ५ जना नयाँ सदस्य चयन गरेको हो। एसोसिएसनको सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन भएका हुन्।

Esewa
Crest

एसोसिएसनमा यसअघि नै ३ सदस्य पद रिक्त थियो। सदस्यमा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको कार्यकाल पनि भर्खरै सकिएको थियो।

यसरी रिक्त पदमा साधारणसभाले ५ सदस्य चयन गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS