काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत प्रनिश अधिकारीले १ लाख रुपैयाँको सपिङ भौचर जितेका छन् । बैंक वा सहकारी खाता ई( सेवामा लिंक गरी कारोबार गरेका उनी फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका हुन् ।
विजेता अधिकारीले ईसेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जितेका हुन् । ई(सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै विजेता अधिकारीलाई उक्त सपिङ भौचर हस्तान्तरण गरेका छन्।
ईसेवाले गत भदौ २० गतेदेखि कात्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । अफरमा ईसेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खातामार्फत भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए ।