IME Life New

दूरसञ्चार प्राधिकरणले गर्यो यूटीएलसहित ३ कम्पनीको इन्टरनेट अनुमतिपत्र खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)सहित ३ कम्पनीले पाएको इन्टरनेट सेवा (ई–मेलसहित)को अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो। काठमाडौंको पुतलीसडकस्थित यूटीएल, कोटेश्वरस्थित म्याक्स नेट सोलुसन र चितवन चितवन नेटवर्कको इन्टरनेट (ई–मेलसहित) अनुमति प्राधिकरणले खारेज गरेको छ।

Esewa
Crest

यूटीएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेटले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्कले २०७५ साल मंसिर १२ गते ई–मेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए। अनुमतिपत्र ५ वर्षपछि नवीकरण व्यवस्था रहेको छ। तर, यी तीनवटै सेवा प्रदायकले अनुमतिपत्र नवीकरण नगरेको प्राधिकरणले जनाएको छ। ‘तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएको छ’, सूचनामा भनिएको छ।

ती कम्पनीलाई नियमानुसार तिर्न र बुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन पनि प्राधिकरणले निर्देशन दिएको छ। अन्यथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS