काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले करिब १ महिना ढिलो गरी मौद्रिक समीक्षा सार्वजनिक गरेको हो। समीक्षा गत कात्तिक मसान्तसम्म सार्वजनिक गर्नुपर्ने थियो।
समीक्षा सार्वजनिक गर्नुअघि आज बिहान राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड) को बैठक बसेको थियो। बोर्ड बैठक सकिएलगत्तै मौद्रिक समीक्षा सार्वजनिक गरिएको हो।
MP_Review_1stQuarter_Board_Mangsir-22-FINAL