IME Life New

अर्थतन्त्रमा विद्यमान दबाबलाई चिर्न प्रयासरत छुः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा विद्यमान दबाबलाई चिर्न आफू प्रयासरत रहेको बताएका छन्।

काठमाडौंमा बिहीबार रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न आफूले लगातार प्रयास गर्दै आएको बताएका हुन्। ‘केही दिन पहिलामात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत अन्तर्क्रिया गरेको छु’, उनले भने, ‘अन्तर्क्रियापछि केही महत्वपूर्ण घोषणाहरुसमेत गरिएको छ। मलाई विश्वास छ ती अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।’

Esewa
Crest

जिम्मेवार व्यावसायिक अभ्यासहरु नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक रहेको प्रधानममन्त्री दाहालले बताए। ‘जिम्मेवार अभ्यासहरुमार्फत व्यवसायहरुले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन्’, उनले भने।

मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र नरहेको भन्दै प्रधानमन्त्री दाहालले सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रुपमा प्रस्तुत हुन आवश्यक रहेको औंल्याए। ‘सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह गर्दछु’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS