IME Life New

बैंकिङ प्रणालीबाट एकैपटक रु. २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, आज बोलकबोल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज एकैदिन २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ।

केन्द्रीय बैंकले १४ दिने निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट आज बुधबार फेरि २५ अर्ब रुपैयाँ तान्न लागेको हो। योसहित मंसिर महिनाको अहिलेसम्म छैटौँपटक निक्षेप संकलन उपकरण प्रयोग गरी राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न लागेको हो।

Crest

यो निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो २ बजे गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो निक्षेप संकलन उपकरणको पुस ५ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ।

यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी मंसिर २० गते १० अर्ब रुपैयाँ, मंसिर १७ गते १० अर्ब रुपैयाँ, मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS