IME Life New

बैंकिङ क्षेत्रलाई लक्षित गरी भइरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले पछिल्लो समय बैंकिङ क्षेत्रलाई लक्षित गरी भइरहेका अराजक घट्नालाई समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग माग गरेको छ।

नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुनु। पछिल्लो समय केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीप्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र आक्रमणको विज्ञप्तिमा निन्दा गरिएको छ।

Esewa
Crest

झापाको बिर्तामोडमा एक वाणिज्य बैंकको शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकडप्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ। ‘त्यस घटनामा संलग्न दोषीहरुलाई कारबाहीको माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना ग्राहकलाई सेवासुविधा प्रदान गर्न भूकम्प, कोभिडलगायत विषम परिस्थितिमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरुमाथि यस प्रकारको दुव्र्यवहार अत्यन्त निन्दनीय छ ।’

वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन विज्ञप्तिमार्फत जिम्मेवार निकायहरुसँग माग गरिएको छ।

यसका साथै बैंकिङजस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिई भइरहेका अराजक घटनालाई समयमैै नियन्त्रण गर्न विज्ञप्तिमा माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS