IME Life New

एक महिनामा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे सवा २ अर्ब माथि बीमाशुल्क, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले सवा २ अर्ब रुपैयाँ माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन कम्पनीहरुले २ लाख ७ हजार ४१० वटा बीमा पोलिसी बिक्री गरी कुल २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएका हुन्। कात्तिमसम्ममा भने यी कम्पनीहरुले १२ अर्ब ७३ करोड रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन्।

Esewa
Crest

कात्तिकमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ। यो कम्पनीले कात्तिकमा २८ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले कात्तिकमा २६ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको शिखर इन्स्योरेन्सले कात्तिकमा २३ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कात्तिकमा आइजीआई प्रुडडेन्सियल इन्स्योरेन्सले २३ करोड २१ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २१ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले १८ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। युनाइटेड अजोड इन्स्योरेन्सले १६ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले १६ करोड ७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १४ करोड २ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले ११ करोड ७३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले १२ करोड ९ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ६ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्।

यसैगरी नेशनल इन्स्योरेन्स कम्पनीले ५ करोड ९७ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ३ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS