IME Life New

चार महिनामा निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापार १२ अर्ब ७३ करोड माथि, कुनले कति गरे संकलन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ४ महिना कात्तिकसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७३ करोड माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार यी कम्पनीहरुले ८ लाख ८८ हजार ८७४ वटा बीमा पोलिसी बिक्री गरी कुल १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएका हुन्।

Esewa
Crest

यस अवधिसम्म सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ। यो कम्पनीले यस अवधिसम्ममा १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले यस अवधिसम्म १ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरले यस अवधिसम्म १ अर्ब २७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ९ करोड ३७ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब ५ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। युनाइटेड अजोड इन्स्योरेन्सले ८६ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ८३ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सानिमा जीआइसी इन्स्योरेन्सले ७१ करोड ६७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७० करोड ६१ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ५८ करोड ९९ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५८ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले ४९ करोड ६१ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीले ४३ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS