काठमाडौं । पछिल्लो समय तरलता सहज हुँदा अन्तर बैंक ब्याज दर पनि घट्दो क्रममा रहेको छ । मंसिर १७ गते अन्तर बैंक ब्याज दर १ दशमलव ०८ प्रतिशतमा आएको छ । मंसिर १६ गते अन्तर बैंक ब्याज दर १ दशमलव १४ प्रतिशत थियो ।
आइतवार प्रणालीमा २ अर्बले निक्षेप थपिएको छ । शनिवार ५९ खर्ब ६० अर्ब रहेको निक्षेप संकलन आइतवार ५९ खर्ब ६२ अर्ब पुगेको छ । त्यस्तै आइतवार कर्जा प्रवाह पनि २ अर्बले वृद्धि हुँदै ४९ खर्ब ८० अर्ब पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार बैंकहरुको सिडी रेशियो ८० दशमलव ७६ प्रतिशत रहेको छ ।