IME Life New

बैंक जमानतको प्रमाणीकरण ग्राहक स्वयंले गर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक जमानतको प्रमाणीकरण ग्राहक स्वयंले गर्न सक्ने व्यवस्था रहेको छ। नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि जारी सूचनामा यसबारे जानकारी गराइएको हो।

बैंक जमानतमार्फत हुने कारोबार थप विश्वासिलो र भरपर्दो बनाउन इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट जारी हुने जमानतको वैधानिकता ग्राहक आफैँले जाँच गर्न सकून् भन्ने उद्देश्यले जमानतको प्रमाणीकरणसम्बन्धी व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ।

Esewa
Crest

यसका लागि बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट वा अनलाइन पोर्टलमार्फत आफूले जारी गरेका जमानतको प्रमाणीकरण ग्राहक स्वयंले गर्न सक्ने व्यवस्था लागू गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

सुरक्षित बैंकिङ कारोबारका लागि सदैव सजग रहन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS