IME Life New

नेपोभिट टायल्सको सगरमाथा लुम्बिनी इन्स्योरेन्समा एक अर्बको बीमा, क्षतिबारे अझै यकीन हुन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भीषण आगलागी भएको बाराको जीतपुरमा अवस्थित नेपाल सेरामिक इण्डष्ट्रिज ( नेपोभिट टायल्स) को बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रहेको छ। कम्पनी श्रोतका अनुसार उद्योगका सञ्चालकले करिब १ अर्ब रुपैयाँ बीमा‌ंक बराबरको बीमा गराएका छन् ।

Esewa
Crest

आम सञ्चारमाध्यममा उद्योगका कर्मचारीलाई उद्घृत गर्दै करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी सार्वजनिक भएपनि क्षतिबारे यकीन तथ्या‌ंक प्राप्त हुन बाँकी छ। बीमितको दाबी पछि सर्भेयरले स्थलगत अध्ययन प्रतिवेदन तयार पारेपछि मात्र क्षतिको यकीन गर्न सकिने सगरमाथा लुम्बिनी इन्स्योरेन्सले जानकारी दिएको छ।

सम्बद्ध जानकारका अनुसार उद्योगमा टायल्स उत्पादनमा प्रयोग हुने मेशिनरीहरु पुनः सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् । भण्डारण गरिएको कच्चा पद्धार्थ र तयारी टायल्स र प्याकिङ म्याटेरियलमा अधिक क्षति पुगेको छ।

एक्साभेटरको प्रयोग गर्ने क्रममा उच्च भोल्ट क्षमताको हाइ टेन्सन लाइनमा छोइँदा सर्ट सर्किट भएर आगलागी भएको उद्योग सञ्चालकले जानकारी गराएका छन् । यो टायल्स उद्योग नेपालको पहिलो सेरामिक टायल्स उद्योग हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%
happy

खुसी

50%
sad

दु :खी

8%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS