IME Life New

यी ३० दूरसञ्चार सेवा प्रदायकले तोडे नियम, ७ दिनभित्र सम्पर्कमा आउन प्राधिकरणको अल्टिमेटम (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नियम उल्लंघन गर्ने ३० वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई ७ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको छ। ती कम्पनीले नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र नबुझाएको प्राधिकरणले जनाएको छ। ‘बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार तथा ई–मेल गर्दासमेत सम्पर्क हुन नसकेकोले हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नका लागि यसै सूचनामार्फत जानकारी गराइन्छ’, प्राधिकरणले भनेको छ।

Esewa
Crest

यसका साथै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS