IME Life New

भूकम्पका कारण कर्णालीको जाजरकोटमा मात्र ९ करोड रुपैयाँभन्दा बढीको अन्नबाली नष्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गएको शक्तिशाली भूकम्पका कारण स्थानीय किसानले लगाएको बालीनालीमा पनि ठूलो क्षति पुगेको छ। भूकम्पका कारण भाैतिक स‌ंरचना भत्किंदा र कम्पन समेतले भण्डारण गरिएको तथा खेतबारीमा लगाइएको अन्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालयले जानकारी दिएका छन् ।

कृषि विकास कार्यालय जाजरकोटका अनुसार भूकम्पबाट जिल्लाका किसानको ९ करोड रुपैयाँभन्दा बढीको खाद्यान्न बाली नष्ट भएको छ । ३४ हजार ५ सय १ घरमा भण्डारण गरिएको ९ करोड २६ लाख ५८ हजार ९ सय रुपैयाँबराबरको खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जानकारी दिएको छ ।६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदो पुरिएर नष्ट भएको हो । भूकम्पबाट रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका आठबिसकोट नगरपालिकाका र सानीभेरी गाउँपालिकाकाका समेत गरी १ हजार १४ घर पूर्णरुपमा ध्वस्त भएका छन् ।

Esewa
Crest

उपभोगको तुलनामा सीमित परिमाणमा खाद्यान्न उत्पादन हुने कर्णालीका जिल्लाहरुमा भूकम्पका कारण भण्डारण गरिएको अन्न समेत नष्ट भएपछि यसपटक स्थानीयलाई थप सकस हुने भएको छ। यसअघि गत असोज अन्तिम सातामा समेत कर्णालीको दैलेख, सुर्खेत लगायतका जिल्लामा असिना पानीले बालीनाली नष्ट गरिदिएको थियो ।

कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट जाजरकोट जिल्लामा मात्र ९ हजार ७ सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।  कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार ७२५ किलो धान, मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ ।

यसबाहेक जाजरकोटमा मात्र भूकम्पले पाँच करोड ४१ लाख ४२ हजार १७२ रुपैयाँ बराबरको पशुधन क्षति भएको छ ।

कर्णाली प्रदेश सरकारले बनाएको कार्यविधि अनुसार किसानले भूकम्पका कारण क्षतिग्रस्त बालीनालीका लागि प्रदेश सरकारबाट २० प्रतिशत क्षतिपूर्ति पाउनेछन् । प्रदेश सरकारले चालू आवको बजेटमै प्रकोप पीडित किसानको राहतका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS