IME Life New

कोरियामा खुल्यो नेपाली रेमिट कम्पनी-ग्लोबल मनि एक्सप्रेस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दक्षिण कोरियामा कार्यरत नेपालीहरुको आम्दानी कानुनी बाटोबाट नेपाल पठाउन सहयोग पुर्याउने उदेश्यसहित आइएमइ समूहले प्रवद्र्धन गरेको ग्लोबल मनि एक्सप्रेस (जीएमई) कम्पनीले कोरियाबाट रेमिट सेवा दिने भएको छन् ।

यहि कात्तिक २० गते नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल दक्षिण कोरिया पुगेर जीएमई रेमिट सेवाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोहि दिन गभर्नर नेपालको उपस्थितिमा जेएमई र नेपालको ग्लोवल आईएमई बैंकबीच सहकार्यमा रेमिट सेवा सञ्चालन गर्ने विषयमा सम्झौता हुने भएको छ ।

Esewa
Crest

यो सेवाले दक्षिण कोरियामा कार्यरत ३५ हजार बढी नेपाली कामदारलाई प्रत्यक्ष लाभ पुग्ने जनाईएको छ । राष्ट्र बैंकका अनुसार कोरियामा रहेका नेपालीले गैरकानूनी रुपमा हुण्डीबाट वार्षिक करिब ४१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाउने गरेका छन् । सरकारी कोटामा ९इपीएस० बाट कामका लागि कोरिया गएका नेपालीहरुले ९६ प्रतिशत आम्दानी हुण्डीबाट पठाउने गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७२र७३ मा कोरियाबाट ४३ अर्ब रुपैयाँ आउनुपर्नेमा बैंकिंग प्रणालीबाट २ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०र७१ मा एक अर्ब, २०७१र७२ डेढ अर्ब रुपैयाँ मात्रै बैंकिङ च्यानलबाट नेपाल भित्रिएको थियो ।

यसअघि कोरिया सरकारले त्यहाँ रेमिट्यान्स कम्पनी दर्ता नदिएका कारण पनि यो समस्या देखिएको थियो । तर पछिल्लो समयमा कोरिया सरकारले विदेशी रेमिट्यान्स कम्पनी पनि दर्ता गर्न मिल्ने कानून निर्माण गरेपछि कोरियामा नेपाली कम्पनीहरु समेत पुगेका छन् । कोरियाबाट रेमिट कम्पनीहरुले सेवा सञ्चालन गरेपछि हुण्डीको कारोबार क्रमश घट्ने राष्ट्र बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS