IME Life New

घट्यो आयात–निर्यात, व्यापार घाटा ४.६१ खर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्ममा मुलुकले आयात–निर्यात दुवै घटेको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार यो ४ महिनामा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३.७९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो।

Esewa
Crest

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म निर्यात पनि ७.६८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ५४ अर्ब ७७ करोड रुपैयाँबराबरको निर्यात भएकोमा समीक्षा अवधिमा घटेर ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँबराबरको मात्रै भएको छ।

विभागका अनुसार कात्तिक मसान्तसम्म नेपालको व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँबराबर रहेको छ। अघिल्लो वर्षको यही अवधिमा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँबराबरको व्यापार घाटा भएको थियो।

समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँबराबरको भएको छ। अघिल्लो वर्षको यही अवधिमा ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS