IME Life New

सावधान! तपाई पनि सम्पत्ती बीमामा अपर्याप्त बीमाको शिकार बन्नुहोला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्यून वा अल्प बीमा भन्नाले कुनै पनि व्यक्ति वा सम्पत्तीमा निहित जोखिमको तुलनामा अपर्याप्त बीमाको अवस्थालाई जनाउँछ। असल बीमालेखले जीवनको कुनै पनि विपत्तिलाई रोक्न सक्दैन, तर यसले आर्थिक कष्टलाई सहन गर्न सजिलो चाहिँ अवश्य पारिदिन्छ।कुनै अप्रत्याशित र ठूलो घटना भइहाल्यो भने अपर्याप्त बीमाले ठूलो आर्थिक खर्चको लागि कानूनी हकवालाको काँधमा वित्तीय उत्तरदायीत्व थोपरी दिनसक्छ। चाहे त्यो आँधी वा आगलागीबाट क्षतिग्रस्त घर हो, वा गम्भीर रोग वा दुर्घटनाको अनुभव गरिरहेको बीमित होस् । सैद्धान्तिकरुपमा कुनै पनि बीमाले विपत्ती वा दुर्घटनाका कारण आइपर्न सक्ने आर्थिक नोक्सानी वा जोखिम बहनका लागि बीमितलाई पूर्व तयारी अवस्थामा राख्नु हो।

अपर्याप्त बीमा सुरक्षण त्यो अवस्था हो जसले कुल हानि वा खर्चको ठूलो हिस्साको भार बीमितको टाउकोमा नै थोपरिदिन्छ । र आर्थिक कठिनाई निम्त्याउन सक्छ।

Esewa
Crest

कुनै घरको मालिकले अपर्याप्त बीमा गरेको घरलाई भूकम्प, पहिरो,चक्रवात, आगजनीबाट ठूलो क्षति भयो भने, बीमा कम्पनीले दिने क्षतिपूर्ती भुक्तानी क्षतिग्रस्त भवनको मर्मत वा प्रतिस्थापन गर्न पर्याप्त नहुन सक्छ।

त्यसैगरी, अपर्याप्त स्वास्थ्य बीमाले गम्भीर रोग वा दुर्घटना भएमा अस्पतालको खर्च थेग्न र बेरोजगारी भएको अवस्थाको पारिवारिक खर्चको जिम्मेवारी व्यहोर्न असक्षम बनाउन सक्छ।

अपर्याप्त बीमा निम्त्याउन सक्ने कारणहरुः

  • तपाईको घर र सामाग्रीको मूल्य गलत गणना गर्दै।
  • घटना पछि भग्नावशेष हटाउने लागत जस्ता खर्चहरुको लागि लेखाजोखा नगरिएको।
  • सावधानीपूर्वक विचार नगरी तपाईको बीमाशुल्क कटाैती गरिएको ।
  • महगाँईका कारण मर्मत लागत बढेको अवस्थामा।
  • ठूलो घटना पछि निर्माण सेवाको लागि मूल्य वा उच्च माग बढेको सामाग्रीको कारण मर्मत लागतमा वृद्धि हुन्छ।

के हुन्छ अपर्याप्त बीमा हुँदाः

यदी तपाईको बीमालेखले पर्याप्त जोखिम बहन गर्दैन वा केही मुख्य जोखिमहरु समावेश गर्दैन भने तपाई अपर्याप्त बीमाको अवस्थामा हुनुहुन्छ। यो हुन सक्छ कि तपाईको दाबी बीमालेखले भुक्तानी गर्न सक्ने अधिकतम रकम भन्दा बढी तपाईले व्यहोर्नु परेको वास्तविक खर्च रकम छ। बीमाशुल्क भुक्तानीको समयमा अपर्याप्त बीमा सबैका लागि आकर्षक लाग्न सक्छ किनभने वृहद वा पूर्ण बीमाको तुलनामा तपाईले थोरै बीमाशुल्क भुक्तानी गर्नुपर्छ। यदि तपाईले अपर्याप्त बीमा रोज्नु भयो भने भविष्यमा उत्पन्न हुने नोक्सानी बीमाशुल्कमा तपाईले गरेको बचतको तुलनामा निक्कै धेरै हुनसक्छ।

बीमा गरिएको सम्पत्ति र बीमामा भएको अपर्याप्ता बीचको खाडलले गम्भीर वित्तीय संकट निम्त्याउन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

40%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS