IME Life New

सूर्यज्योति लाइफले ल्यायो ‘सही प्लान’ बीमा योजना, बीमाशुल्क फिर्तासँगै आजीवन बीमाको सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘सही प्लान’ बीमा योजना सार्वजनिक गरेको छ। बदलि‌ंदो समयको आवश्यक्तालाई मध्यनजर गर्दै सूर्यज्योतिले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार शुक्रबारदेखि प्रचलनमा ल्याइएको ‘सही प्लान’ ले बीमाशुल्कको ६ गुणासम्मको आर्थिक सुरक्षाको प्रत्याभूती गर्छ। यो बाहेक बीमा अवधि पुरा भएपछि पनि बीमित बाचुञ्चेल बीमालेख निरन्तर चालू रहनेछ। साथै बीमितको उमेर ७० वर्ष पुरा भएपछि बीमाशुल्कवापत भुक्तानी गरेको सबै रकम बीमित स्वयमले फिर्ता पाउनेछन् । ७० वर्षको उमेरपछि बीमितको निधन भएको अवस्थामा बीमितले इच्छ्याएको वा उसको कानूनी हकवालाले बीमा‌ंक बराबरको सबै रकम भुक्तानी पाउने कम्पनीले जानकारी दिएको छ। नेपाल बीमा प्राधिकरणले जारी गरेको जीवन बीमालेख निर्देशिकाको प्रावधान अनुसार बीमालेख धितोवापत कर्जा सुविधा समेत उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।

Esewa
Crest

कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले थोरै बीमाशुल्कमा नै ठूलो बीमा‌ंकको बीमा योजना खोजी भइरहेकाले कम्पनीले नयाँ बीमालेख प्रचलनमा ल्याएको जानकारी दिए । उनले भने, यो बीमा योजनामार्फत् हामीले सावधिक, म्यादी र आजीवन सबै विशेषता समेटेका छाैं।

कम्पनीका अनुसार यो बीमालेख १८ देखि ६० वर्ष उमेरसम्मको मान्छेले खरिद गर्न सक्नेछन् । कम्तीमा ५ वर्ष अवधि र न्यूनत्तम ५ लाख रुपैयाँ बीमा‌ंकको बीमा गराउन सक्नेछन् । बीमितले आफ्नो सुविधा अनुसार एकल, वार्षिक, अर्द्धवार्षिक र त्रैमासिकरूपमा बीमाशुल्क गर्ने विकल्प रोज्न सक्नेछन् । यसबाहेक अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर दुर्घटना बीमा सुविधा, अपाङ्गता, अशक्तता सुविधा र सर्वाधिक ३५ घातक रोगविरुद्धको सुरक्षा समेत समावेश गर्न सकिनेछ।

उदाहरणका लागि ३५ वर्ष उमेरको बीमितले १५ वर्ष अवधिका लागि २५ लाख रुपैयाँ बीमा‌ंकको बीमालेख खरिद गर्दा वार्षिक ४० हजार रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्छ। बीमितले बीमा अवधिभरमा अर्थात् आफू ५० वर्ष उमेरको हुँदासम्म बीमाशुल्कवापत कूल ६ लाख रुपैयाँ भुक्तानी गर्नेछ। १५ वर्षपछि बीमितले बीमाशुल्क भुक्तानी गर्नु नपरेपनि बीमालेख निरन्तर जारी रहनेछ। बीमितको उमेर ७० वर्ष पुरा भएपछि कम्पनीले बीमितलाई बीमाशुल्कवापतको सबै रकम अर्थात् ६ लाख रुपैयाँ फिर्ता गरिदिन्छ। यो रकममा आधारभूत बीमाशुल्क मात्र समावेश गरिएको छ। ७० वर्षको उमेरपछि जुनसुकै उमेरमा बीमितको निधनपछि बीमितको कानूनी हकवालाले २५ लाख रुपैयाँ भुक्तानी पाउनेछन् ।

कम्पनीका अनुसार बीमा अवधि पुरा नहुँदै वा ७० वर्ष नपुग्दै बीमितको निधन भएमा बीमा‌ंक रकम भुक्तानी दिइनेछ।

अतिरिक्त सुविधाहरुः

बीमितले दुर्घटना मृत्यु लाभ समेत बीमालेखमा समावेश गरेको भए बीमा‌ंकको दोब्बर रकम भुक्तानी दिइनेछ। यसबाहेक अशक्ता लाभ समावेश गरेको भए दुर्घटनामा परेर शारीरिकरुपमा अशक्त भएको अवस्थामा बाँकी अवधिको बीमाशुल्क छुट समेत गरिनेछ। कम्पनीका अनुसार घातक रोग विरुद्धको जोखिम समेत बीमालेखमा समावेश गरेका बीमितले बीमा अवधिभित्र कुनै प्रकारको घातक रोगबाट ग्रसित भएको अवस्थामा बीमा‌ंक बराबरको रकम उपचार खर्चवापत प्राप्त गर्नेछन् । यस्तो भुक्तानीवापतको रकम मूल बीमा‌ंकबाट कट्टा गरिनेछैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS