Connect IPS
IME Life

ओरिएण्टल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २३ प्रतिशतले बढ्दा यस्तो छ अन्य वित्तीय सूचक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन र नाफा दुबै घटेको देखिएको छ भने खुद बीमा शुल्क आर्जन बढेको छ ।

२५ करोड ११ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको कम्पनीको महाविपत्ती जगेडा कोषमा ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ रहेको छ । संचिती जगेडा कोषमा २२ करोड २ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ /८० को असारमसान्तसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब २९ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफामा गिरावट आएको हो ।

यस अवधिमा कम्पनीले २५ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुलक आर्जन घटेको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८ करोड ७९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १५ करोड ४८ लाख खर्चिएको थियो । यस अवधिमा कम्पनीले १ करोड ८१ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएको छ ।

कम्पनीले १६ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन २३ प्रतिशतले बढेको छ ।

कम्पनकिो सोल्भेन्सी रेसियो १.५ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS