Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क २०% ले बढ्यो, नाफामा सामान्य सूधार हुँदा अधिकांश सूचकमा बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । यस अवधिमा कम्पनीको नाफा र कुल बीमा शुल्क आर्जन सामान्य बढेको देखिएको छ ।

२ अर्ब ६५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको कम्पनीको महाविपत्ती जगेडा कोषमा १४ करोड ८८ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेशल जगेडा कोषमा १ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५८ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा ४ अर्ब ९३ करोड ९० लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ /८० को असारमसान्तसम्ममा कम्पनीको बीमा कोषमा ४ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीले ११ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य बढेको हो ।

यस अवधिमा कम्पनीले ७९ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७५ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुलक आर्जन बढी हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ५१ करोड ६५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ५२ करोड ३२ लाख खर्चिएको थियो । यस अवधिमा कम्पनीले २ करोड रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएको छ ।

कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन २० प्रतिशतले बढेको छ ।

कम्पनकिो सोल्भेन्सी रेसियो ३.४१ रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ९४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १९९ रुपैयाँ २४ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS