IME Life New

नेपालमा विदेशी पर्यटकको आगमन बढ्दा विदेशी मुद्रा आर्जन पचास प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विदेशी पर्यटकको आगमन बढेसँगै पर्यटन व्यवसायीको आम्दानी चम्केको छ। मुख्य पर्यटकीय गन्तव्यमा अधिका‌ंश होटल ८० प्रतिशतभन्दा बढी कोठा बुक भइसकेका छन् ।

राष्ट्र बै‌ंकले सार्वजनिक गरेको तथ्या‌ंकमा पनि पर्यटन व्यवसायबाट चालू आर्थिक वर्ष २०८०।८१ को असोज मसान्तसम्ममा विदेशी मुद्रा आर्जन ५१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७९।८० को यो अवधिसम्म पर्यटन क्षेत्रबाट ११ अर्ब २४ करोड वैदेशिक मुद्रा आर्जन भएको थियो। चालू आवको सो अवधिमा वर्ष नेपालले १७ अर्ब एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ। अघिल्लो आर्थिक वर्ष ०७८/७९ को पहिलो त्रैमासमा पर्यटन सेवाबाट पाँच अर्ब ४२ करोड रुपैयाँबराबरको विदेशी मुद्रा मात्रै आर्जन भएको थियो ।

Esewa
Crest

राष्ट‍्र बै‌ंकका अनुसार चालू आवको पहिलो त्रैमासिक अवधिभित्र नेपाल आएका २ लाख ४२ हजार १८५ पर्यटकबाट यति धेरै रकम आर्जन भएको हो ।

गत आवमा नेपालले पर्यटन क्षेत्रबाट ६१ अर्ब ५२ करोड रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन गरेको थियो। अघिल्लो आवको पर्यटन सेवाबाट वैदेशिक मुद्रा आम्दानी ३२ अर्ब ४४ करोड रुपैयाँ नेपाली रुपैयाँ बराबर थियो । सन् २०२३ को अक्टोबरमा पर्यटक आगमन स‌ंख्याले पुरानो सबै रेकर्ड तोड्दै एक लाख १७ हजार पर्यटक आगमन भएको रेकर्ड दर्ज भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS