काठमाठौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड प्राप्त गरेको छ । एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ)ले दक्षिण कोरियाको सियोलमा आयोजित कार्यक्रममा कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो ।
एसोसिओका अध्यक्ष ब्रेन सेनले मंगलबार उक्त अवार्ड वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई प्रदान गरेका हुन् । देशका दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्याउन पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्याएको भन्दै कम्पनीलाई यो अवार्ड प्रदान गरिएको हो ।
यस अवार्ड हरेक वर्ष एसोसिओको सदस्य रहेको देशको सेवा प्रदायकलाई प्रदान गरिन्छ । वर्ल्डलिंकले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्ड पाएको थियो ।