Connect IPS
IME Life

प्रभु इन्स्योरेन्सको नाफा २१ प्रतिशतले बढ्दा अधिकांश सूचकमा उत्साहजनक प्रगति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८० /८१ को वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ ।

१ अर्ब ३७ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको कम्पनीको महाविपत्ती जगेडा कोषमा ८ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको संचीति जगेडा कोषमा ९ करोड ५४ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को असारमसान्तसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीले ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड १७ लाख रुपैयाँ नाफा कमाउको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २१ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ४४ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुलक आर्जन बढी हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३१ करोड ३८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २९ करोड १४ लाख खर्चिएको थियो । यस अवधिमा कम्पनीले ८१ लाख १६ हजार अभिकर्ता कमिशनमा खर्चिएको छ ।

कम्पनीले १२ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन २८ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको सोल्भेन्सी रेसियो १.७३ रहेको छ । प्रति शेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २०८ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS