IME Life New

नेपालमा पनि टिकटको बन्द गर्ने तयारी, कहिलेदेखि बन्द हुन्छ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सामाजिक सञ्जाल टिकटकले सामाजिक सद्बभाव बिगारेको र बिकृती फैलाएको भन्दै बन्द गर्ने निर्णय गरेको हो।

सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकको दुरुपयोग बढेर सामाजिक सद्‍भाव बिगार्ने काम भएकाले बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन्।

Esewa
Crest

दक्षिण एशियाली मुलुकहरुमध्ये भारत र अफगानिस्तानमा पहिले देखि नै टिकटको बन्द रहेको छ। यसैगरी नेदरल्याण्ड‌ लगायत धेरे देशहरुमा सरकारी कार्यालय र अधिकारीहरुलाई टिकटको चलाउन प्रतिबन्ध लगाइएको छ। यसैगरी चीनमा समेत मेनल्याण्ड चाइनामा प्रतिबन्ध गरिएको छ।

मन्त्रिपरिषदको बैठकले टिकटको बन्द गर्ने निर्णय गरे पनि कहिलेदेखि कार्यान्वयनमा ल्याउने भन्नेबारे मिति तोकेको छैन। मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याइने छ  ।

सरकारले सञ्चार मन्त्रालय मार्फत आइएसपि र दूरसञ्चार सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
happy

खुसी

5%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS