IME Life New

बीमा कम्पनीबाट रियल टाइम कारोबारको विवरण हात पार्न प्राधिकरण फेरी कस्सियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आउँदो मंसिर १७ गतेसम्ममा अनिवार्यरूपमा प्राधिकरणको बीमा सूचना प्रणालीमा आबद्ध भइसक्न सबै बीमकलाई निर्देशन जारी गरेको छ। प्राधिकरणले परिपत्र जारी गर्दै वास्तविक समयको कारोबार प्रवाह गर्ने गरी आवश्यक प्राविधिक तयारी पुरा गर्न सबै बीमकलाई निर्देशन जारी गरेको हो ।

प्राधिकरणका अनुसार प्राधिकरणमा रहेको बीमा नियामक सूचना व्यवस्थापन प्रणाली(आइआरएमआइएस) मा देखिएका प्राविधिक कमजोरीहरु हटाएर दुरुस्त बनाइएकाले बीमकलाई लाइभ डाटामार्फत् सिधै प्राधिकरणलाई सूचना प्रवाह गर्न निर्देशन जारी गरिएको हो । प्राधिकरणले दुई वर्ष अघि नै एकीकृत सूचना प्रणाली प्रयोगमा ल्याए पनि अझैसम्म वास्तविक कारोबार सम्बन्धी विवरण बाँड्नका लागि बीमकले एकीकृत गरेका छैनन् ।

Esewa
Crest

प्राधिकरणले यसपटक सबै बीमकलाई एपिआई मार्फत् प्राधिकरणको केन्द्रिकृत सूचना प्रणालीमा अनिवार्य आबद्ध हुन भनेको छ। सूचना प्रविधिका क्षैत्रमा प्रयोग हुने एपिआई भन्ने शब्दावलीले दुई फरक फरक स‌ंस्था वा संस्थाभित्रकै फरक फरक सफ्टवेयर वा तथ्यांक प्रणालीबीच सेतुको काम गर्छ। उदाहरणका लागि डिजिटल बै‌ंकिङमार्फत् नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्दा बीमितले एउटै माेबाइल एप्सभित्रै बीमक र बै‌ंक दुबैको सूचना प्रणालीबाट आफ्नो अधिकारभित्रको तथ्या‌ंकमा पहुँच बनाएर कारोबार गरिरहेको हुन्छ। यो अवस्थामा एपिआईले नै बैंक र बीमा कम्पनीको तथ्या‌ंक जोड्ने वा आदान प्रदान गर्ने काम गरिरहेको हुन्छ।

बीमा कम्पनीहरुमा वित्तीय अनुशासन कायम गर्नका लागि प्राधिकरणले वास्तविक समय(रियल टाइम) कारोबारमा जोड दि‌ंदै आएको छ। प्राधिकरणले वर्तमानमा कारोबार गरेर पुरानो मितिमा जोखिम बहन गर्ने प्रवृत्तीमा अ‌ंकुश लगाउन वास्तविक समय कारोबारमा जोड दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS