IME Life New

कर्णालीको भूकम्पमा झण्डै साढे दुई करोड रुपैयाँको पशुपंक्षी नष्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशको दुई जिल्ला जाजरकोट र रुकुम पश्चिममा गएको ६‍.४ रेक्टर स्केल क्षमताको भूकम्पमा सर्वसाधारणले झण्डै साढे दुई करोड रुपैयाँ बराबरको पशुप‌ंक्षी गुमाएका छन् । पशु सेवा विभागका अनुसार कात्तिक १७ गतेको भूकम्पमा स्थानीय किसानले झण्डै १ हजार पशुप‌ंक्षी गुमाउँदा २ करोड ५१ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

पशु सेवा विभागका अनुसार भूकम्पका कारण जाजरकोट जिल्लामा ६ सय २२ पशुप‌ंक्षी र रुकुम पश्चिममा ३ सय ५१ पशुपंक्षी मरेका छन् । घाइते ६ सयभन्दा धेरै पशुको उपचार भइरहेको छ ।

Esewa
Crest

चीसो माैसमका कारण अधिकांश चौपाया चरन खर्कमा लगिएकाले तुलनात्मकरुपमा क्षति थोरै भएको सरकारी अधिकारीहरुको भनाई छ। क्षति भएकामध्ये एकदमै न्यून स‌ंख्यामा मात्र पशुपंक्षीको बीमा गरिएको हुनसक्ने सरकारी अधिकारीहरुको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS