काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा २४ दशमलव ३९ प्रतिशतले वृद्धि हुँदै ३ करोड ३७ लाख पुगेको छ। गत आर्थिक वर्ष सोही अवधिमा नाफा २ करोड ७१ लाख रुपैयाँ थियो ।
३ महिनाको अवधिमा कम्पनीले ३७ करोड ४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले २६ करोड ३० लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने १० करोड ७३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीको कुल बीमा शुल्क आर्जन ११३ दशमलव ७८ प्रतिशतले वृद्धि हुँदा खुद बीमा शुल्क आर्जन १२६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ ।
२ अर्ब चुक्ता पुँजी भएको कम्पनीको संचित मुनाफा २०७ दशमलव ५३ प्रतिशतले वृद्धि हुँदै ४ करोड ३३ लाख संचित भएको छ । त्यस्तै अन्य इक्वीटी ५७ करोड ३४ लाख पुगेको छ । बीमा कोष असार मसान्तको तुलनामा २०० दशमलव ८७ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ४९ करोड पुगेको छ। असार मसान्तमा बीमा कोष १ अर्ब १६ करोड थियो ।
प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ ८० पैसा छ ।