IME Life New

हकप्रद शेयर निष्काशनको तयारीमा रहेको एनएलजी इन्स्योरेन्सले पायो अब्बल रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले निर्जीवन बीमक एनएलजी इन्स्योरेन्सलाई इक्रा एनपि आइआर ए माइन रेटिङ प्रदान गरेको छ । कम्पनी वित्तीय विश्लेषण, बजार हिस्सा र भावी अवस्थालाई मूल्या‌ंकन गरेर इक्रा नेपालले एनएलजीलाई यस्तो रेटिङ प्रदान गरेको हो । इक्रा नेपालका अनुसार यस्तो रेटिङले समयमै वित्तीय दायीत्वहरु पुरा गर्नका लागी पर्याप्त मात्रामा सुरक्षाको स‌ंकेत गर्छ। यस्तो रेटिङ प्राप्त शेयर जारीकर्ता स‌ंस्थालाई दिइएको ऋण डुब्ने जोखिम तुलनात्मकरूपमा थोरै हुन्छ।

एनएलजीले गत आवमा निर्जीवन बीमकले आर्जन गरेको कूल बीमाशुल्कको ८ प्रतिशत हिस्सा ओगटेको थियो । एनएलजी इन्स्योरेन्समा जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्सको ५० प्रतिशत शेयर लगानी रहेको छ।

Esewa
Crest

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई सकेको छ। । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात १०ः६.६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि गत कात्तिक २ गते बोर्डमा निवेदन दिएको हो । शेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशनप श्चात चुक्ता पूँजी २ अर्ब ४२ करोड भन्दा बढी हुनेछ । नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनत्तम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनका लागी हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS