IME Life New

आजसम्म शेयर किन्नेले सिद्धार्थ बैंकको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज कार्तिक २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

सिद्धार्थ बैंकले आफ्नो २२औं वार्षिक साधारण सभा मङ्सिर ५ गते गर्ने भएको छ । उक्त सभा काठमाडौंको बालुवाटार स्थित आम्रपाली ब्यान्क्वेटमा बिहान १० बजे गर्ने बैंकले जनाएको छ । बैंकको कार्तिक १३ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको २२औं वार्षिक प्रतिवेदन उपर छलफल गरी सो लाई पारित गर्नेछ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण र मिति २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्त सम्मको नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपुंजी (इक्विटी) मा भएको परिवर्तनको विवरण र तत् सम्बन्धी अनुसूचीहरु खलफल गरी पारित गर्नेछ ।

सभाले यस बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । सभाले कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ बमोजिम बैंकको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखापरीक्षक श्री एसए आर एसोसिएट्स, चार्टड एकाउण्टेण्ट्स पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ । बैंकले आर्थिक वर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५ (१) (ग) ले निर्धारण गरेको सीमाभन्दा बढी भएको वर्षलाई अनुमोदन गर्नेछ ।

सभाले सिद्धार्थ बैंक र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने बैंकले अर्को कुनै उपयुक्त संस्थालाई प्राप्ती गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङकन गर्न मान्यता प्राप्त मूल्याङ्गनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने र गाभिने तथा प्राप्त गर्ने सम्बन्धी समझदारी पत्र तर्जुमा गर्ने र अन्य आवश्यक प्रक्रिया पुरा गरी सो मा हस्ताक्षर गर्ने लगायत मर्जर तथा एक्वीजिसन तथा वैदेशिक रणनीतिक साझेदारीमा जाने सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS