काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये कामना सेवा विकास बैंक नाफा वृद्धिमा आक्रामक देखिएको छ । चालु आर्थिक वर्ष (आव) को पहिलो त्रैमास र गत आर्थिक वर्षको पहिलो त्रैमासलाई दाँजेर हेर्दा कामना सेवा विकास बैंकको नाफा १८७ दशमलव ५८ प्रतिशतले वृद्धि भएको हो । बैंकले गत आवमा ४ करोड १५ लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ११ करोड ९५ लाख नाफा कमाएको छ।
त्यस्तै दोश्रोमा लुम्बिनी विकास बैंकको नाफा १४३ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आवमा ७ करोड १० लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १७ करोड ३२ लाख नाफा कमाएको छ। तेश्रोमा गरिमा विकास बैंकको नाफा ४ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ ।
बाँकी ८ विकास बैंकको नाफा घटेको छ । ज्योति विकास बैंकको नाफा सर्वाधिक ४९ दशमलव २५ प्रतिशतले घटेको छ । गत आवमा १० करोड नाफा गरेको बैंकले चालु आवमा ५ करोड ०८ लाख नाफा गरेको छ । सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकले तीन महिनाको अवधिमा २२ करोड ८८ लाख नाफा कमाएको छ ।