IME Life New

महत्त्वपूर्ण सूचकमा राष्ट्रिय स्तरका विकास बैंकलाई दाँजेर हेर्दा कुन देखियो तगडा ? (इन्फोग्राफिक सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपालमा ८ राष्ट्रिय स्तरका विकास बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, शाइन रेशुङ्गा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।

यी ८ विकास बैंकले चालु आर्थिक वर्ष ( ८०/८१ )को प्रथम त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Esewa
Crest

चुक्ता पुँजीको आधारमा : राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी सबै भन्दा धेरै छ । बैंकको ६ अर्ब ४२ करोड चुक्ता पुँजी छ । दोश्रोमा गरिमा विकास बैंकको ५ अर्ब १८ करोड चुक्ता पुँजी छ ।

निक्षेप संकलनको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक १ खर्ब १५ अर्ब निक्षेप संकलन गरेको छ भने दोश्रोमा गरिमा विकास बैंकले ७८ अर्ब ३६ करोड निक्षेप संकलन गर्दा सबै भन्दा कम सांग्रिला डेभलपमेन्ट बैंकले ४९ अर्ब ७९ करोड निक्षेप संकलन गरेको छ।

कर्जा प्रवाहको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक ९६ अर्ब ७४ करोड कर्जा प्रवाह गरेको छ भने दोश्रोमा गरिमा विकास बैंकले ६३ अर्ब ०२ करोड कर्जा प्रवाह गर्दा सबै भन्दा कम महालक्ष्मी विकास बैंकले ३८अर्ब ८६ करोड कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक १ अर्ब ४ करोड खुद व्याज आम्दानी गर्दा दोश्रोमा गरिमा विकास बैंकले ८८ करोड ८३ लाख खुद व्याज आम्दानी गरेको छ । सबै भन्दा थोरै खुद व्याज आम्दानी सांग्रिला डेभलपमेन्ट बैंकले ४२  करोड ८० लाख गरेको छ।

खुद नाफाको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक २२ करोड ८८ लाख खुद नाफा गरेको छ भने दोश्रोमा गरिमा विकास बैंकले २० करोड १५ लाख खुद नाफा गरेको छ। सबै भन्दा थोरै खुद नाफा सांग्रिला डेभलपमेन्ट बैंकले ४ करोड ६५ लाख गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये लुम्बिनी विकास बैंकको प्रति शेयर आम्दानी सर्वाधिक २० रुपैयाँ ४९ पैसा हुँदा दोश्रोमा शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको १७ रुपैयाँ ९० पैसा छ ।

किताबी मूल्यको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये लुम्बिनी विकास बैंकको किताबी मूल्य सर्वाधिक १८१ रुपैयाँ ०७ पैसा हुँदा दोश्रोमा महालक्ष्मी विकास बैंकको १५७ रुपैयाँ ३८ पैसा हुँदा ज्योति विकास बैंकको सबैभन्दा कम १३६ रुपैयाँ ७० पैसा छ।

खराब कर्जाको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको खराब कर्जा सबै भन्दा कम एक दशमलव ४९ प्रतिशत हुँदा दोश्रोमा शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको २ दशमलव ५९ प्रतिशत हुँदा महालक्ष्मी विकास बैंकको खराब कर्जा सबै भन्दा धेरै ३ दशमलव ९७ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS