IME Life New

खल्तीबाट फोन पे क्युआर स्क्यान गरि भुक्तानी गर्दा ५० हजार रूपैयाँ जित्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खल्ती’ ले चाडपर्वको माहोललाई मध्यनजर राख्दै आफ्ना प्रयोगकर्ताहरूका लागि स्क्यान मार्फत हुने भुक्तानमा उपहार उपलब्ध गराएको छ। यस अफर अनुसार फोन पे क्यु आर स्क्यानको भुक्तानीमा सहभागी हुने प्रयोगकर्ताले ५० हजार रूपैयाँ, खल्ती प्रो प्राप्त गर्न सक्नेछन् भने खल्ती मर्चेन्टले स्मार्टवाच साथै १०० रूपैयाँ बोनस प्राप्त गर्ने मौका प्राप्त गर्नेछन् ।

अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले फोन पे क्यु आर स्क्यान गरि भुक्तानी गर्नुपर्नेछ भने खल्ती मर्चेन्टले फोन पे क्यु आर स्क्यान मार्फत भुक्तानी लिएर सहभागी हुनेछन्।

Esewa
Crest

उपहार स्वरूप खल्ती ग्राहक मध्ये हरेक महिना २ भाग्यशाली विजेताले ५० हजार रूपैयाँ जित्नेछन् र हरेक हप्ता १५ जना खल्ती प्रोको विजेता बन्न सक्नेछन्। त्यसैगरी खल्ती मर्चेन्टबाट भने हरेक हप्ता एक भाग्यशाली विजेताले स्मार्टवाच जित्न सक्नेछन् साथै पहिलो पल्ट भुक्तानी लिँदा १०० रूपैयाँ बोनस पनि प्राप्त गर्नेछन् ।

यस अफर बारेमा खल्तीका सीईओ विनय खड्का भने,अहिले चाडपर्वको माहोलमा हामीले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नका लागि यस्ता आकर्षक अफर उपलब्ध गराएका छौँ। यस अफरबाट हाम्रा प्रयोगकर्ता, एजेन्ट्स र क्यु आर मर्चेन्टले भरपुर फाइदा लिन सक्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।

ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै साथै WITSA Global Innovation & Tech Excellence Awards 2022बाट सम्मानित, खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। खल्तीमा देशभरीका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख भन्दा बढी एजेन्ट, ६० हजार भन्दा मर्चेन्ट , ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १५०० भन्दा बढी सहकारीहरू र ३०० भन्दा बढी कर्मचारीको परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS