IME Life New

भायानेटले ल्यायो रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग ! अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमान्चक अफर “रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग”को घोषणा गरेको छ। यस अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको निःशुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्।

यस अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर चाडमा चौकाू अभियानको विस्तारको रूपमा आएको हो। चाडमा चौका अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट बाहेक रू। ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्नेछ।

Esewa
Crest

कार्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफर रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग मा भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चारजना साथी वा परिवारका सदस्यहरूलाई रेफर गरी निम्नलिखित विशेष फाइदाहरू प्राप्त गर्नेछन् ।

निःशुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्सः तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई सफलतापूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड निःशुल्क प्राप्त गर्नेछन्।

आफ्नो लागि चार महिनाको निःशुल्क इन्टरनेटः प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रेफरल योजना अन्तर्गत १ महिनाको निःशुल्क इन्टरनेट सेवा पाउने छन्। यस अनुसार, चारजना ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको निःशुल्क इन्टरनेट प्राप्त हुनेछ।

रेफर गरिएकाको लागि एक महिनाको निःशुल्क इन्टरनेटः ग्राहकद्वारा रेफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्रा फाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ।

चाडपर्व अफरको यो विस्तार चाडमा चौकालाई उत्कृष्ट सफलता प्रदान गराउने भायानेटका मूल्यवान ग्राहकहरूप्रति समर्पित छ। उत्सवको यो समयमा कनेक्टेड रहिरहनुको महत्त्वलाई आत्मसात गरी यस अफरमार्फत् कम्पनी आफ्ना ग्राहकहरूको सब्सक्रिप्शनलाई पुरस्कृत गर्न र उत्सवको मौसमलाई थप उल्लासमय बनाउन चाहन्छ।

भायानेट कम्युनिकेसनकि सीईओ सेवा पाठकले भने, असाधारण मूल्य र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने हाम्रो बलियो प्रतिबद्धता छ। हाम्रा ग्राहकहरूलाई आभार व्यक्त स्वरुप यो ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग१ु अफर प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। यस अफरले हाम्रा ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट प्राप्त गर्न, निःशुल्क वायरलेस इयरबडको आनन्द लिन र आफ्ना प्रियजनसँग भायानेटको विशिष्ट अनुभव बाँड्न सघाउने विश्वास लिएका छौँ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS