IME Life New

धनत्रयोदसी दिवसमा चाँदीका सिक्का किन्दै हुनुहुन्छ ? एक पटक यी कुरामा ध्यान दिनुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिन्दूहरुका लागी विशेष महत्वको पर्व हो तिहार । दियो र बत्तीको उज्यालोसँगै घरआँगन चिरिच्याट्ट पारेर घर र कर्मथलोमा लक्ष्मी भित्र्याउने सुअवसरका रुपमा यो पर्व मनाइदै‌ं आएको छ। तिहारका बेला लक्ष्मी भित्र्याउने साइतका रुपमा धन त्रयोदसी दिवसका दिन केही न केही धातु खरिद गरेर भित्र्याउने प्रचलन रहँदै आएको छ।

शुभ साइतका रुपमा धातुका भाँडाकुँडा, सुनचाँदीका सिक्का खरिद गरेर लक्ष्मी पूजामा समावेश गरेमा वर्षभर धनलाभ हुने र लक्ष्मीको बास भइरहने जनविश्वास रहेको छ। सामान्य आम्दानी हुनेले समेत आफूसँग भएको बचत रकमबाट एक थान नै भएपनि कम्तीमा चाँदीको सिक्का(असर्फी) वा पूजाका भाँडाकुँडा वा देवीदेउताको मूर्ती किन्ने चाहना बोकेको हुन्छ । चाँदीको सिक्का खरिद गर्दै जाँदा यसले भविष्यमा धातुको रुपमा सम्पत्ती जोड्न सहयाेग पुग्छ । समृद्धिको अनुभूती पनि दिलाउँछ।

Esewa
Crest

नेपालकाे सुन चाँदी लगायतका धातुमा मिसावट अत्यधिक हुने भएकाले ग्राहक ठगि‌ंदै आएका छन् । सुनभन्दा अत्यधिक मिसावट चाँदीका सिक्का, गहना र भाँडाकुँडामा हुने गरेको छ। एक थान चाँदीको सिक्काका लागी दुई हजारदेखि ३ हजार रुपैयाँसम्म खरिद गर्ने उपभाेक्ताहरुले सिक्कामा ७५ प्रतिशतसम्म मिसावट गरिएको भेउ नै पाउँदैनन् । विशेष गरी तराईमा यो दिनमा नयाँ भाँडाकुँडा र चाँदीका सिक्काको माग उच्च हुने गरेको छ।

मूल्यवान धातु खरिद गर्दा ठगिनबाट जोगिनका लागि नेपाल राष्ट्र बै‌ंक बाहेक अन्यत्रबाट सुनचाँदीको सिक्का खरिद नगर्नु ने बेस हुन्छ। मिसावटयुक्त चाँदीको सिक्कामा पैसा खेर फाल्नुभन्दा नगदै रकम जम्मा गर्नु वा घरायसी प्रयोजनका उपकरण वा भाँडाकुँडा खरिद गर्नु बुद्धिमानी हुनसक्छ।

धनत्रयोदसी दिवसमा नयाँ गृह प्रवेश, नयाँ सवारी साधन खरिद, घरायसी उपयोगको विद्युतीय उपकरण खरिद गर्ने चलन समेत बढेको छ।

आयुर्वेद उपचार पद्धतीभन्दा पनि देखावटी गर्न होडः

धनवन्तरी दिवस खासमा प्राचीन आयूर्वेद उपचार पद्धतीका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ती भएको शुभ दिनका रुपमा मनाइन थालेको हो। परम्परागत उपचार पद्धतीलाई अपनाएर स्वास्थ्य लाभसँगै र मानसिक शान्ति प्राप्तीमा जोड दिनुपर्ने समेत यो दिनको विशेष सन्देश यो दिवसले दिन्छ। तर उपभाेक्तावाद हाबी भएको अहिलेको यूगमा धनवन्तरी दिवसलाई उपेक्षा गरेर धनत्रयोदशी पर्वका रुपमा मात्र धन (विद्युतीय उपकरण, सवारीसाधन, सुनचाँदीका गहना र सिक्का खरिद गर्ने) भित्र्याउने अवसरका रूपमा मात्र लिन थालिएको छ।

विशेषगरी महिला उपभोक्ताहरुमा यो पर्वका दिन कसले कति बहुमूल्य गहना गरिद गरेको छ भन्ने चर्चाको विषय हुने गरेको छ। पुरुषका हकमा दुई पाङ्ग्रे वा चार पाङ्ग्रे नयाँ सवारी साधनको खरिदको चर्चा हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS