Connect IPS
IME Life

दक्षिण एशिया फेष्टिभल्स एन्ड कल्चर एकेडेमीका लागि ब्रिटिश काउन्लिसले माग्यो आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ब्रिटिश काउन्सिलले एडिनबर्ग न्यापियर विश्वविद्यालयसँगको साझेदारीमा दक्षिण एशिया फेष्टिभल्स एन्ड कल्चर एकेडेमी (साफ्का) कार्यक्रममा सहभागिताका लागि आवेदन खुला गरेको छ । अहिले विश्वभर स्वतन्त्र र स्थापित कला र संस्कृति मेलाहरुको वृद्धि भइरहेको छ । सोको प्रतिक्रियामा यो आवेदन खुलाइएको हो । यो अग्रणी पहलले मेला पर्वप्रति उत्साहित र उद्योगका विज्ञहरुबीचको दूरी मेटाउने सेतुको काम गर्नेछ । यसले भारत र दक्षिण एशियाका उसका छिमेकी देशहरुमा अनलाइनमार्फत ज्ञान र अन्तरदृष्टि आदानप्रदानमा सहजीकरण गर्नेछ । दक्षिण एशिया फेष्टिभल्स एकेडेमीको इन्टरमिडियट कोर्स सन् २०२४ को जनवरीमा शुरु हुनेछ । यसको आवेदन भने सन् २०२३ को नोभेम्बर १९ सम्म खुला रहनेछ ।

साफ्कामा फेष्टिभल म्यानेजरहरुलाई फेष्टिभल व्यवस्थापनमा सफलताका लागि आवश्यक सिपयुक्त बनाउन विशेष गरी तयार पारिएका छोटा कोर्सहरु छन् । यी कोर्सहरुले अन्तरराष्ट्रिय प्रोग्रामिङ र क्युरेशन, नेतृत्व र सुशासन, वित्तीय व्यवस्थापन, सञ्चालन र कर्मचारी व्यवस्थापन, मार्केटिङ र दर्शक विकास, जोखिम व्यवस्थापन र स्वास्थ्य एवम् सुरक्षा, समानता, विविधता र समावेशीकरणलाई समेट्नेछ ।

Prabhu
Crest

ब्रिटिश काउन्सिल नेपालका निर्देशक शाहिदा म्याकडगल भन्छिन्, ‘फेष्टिभल व्यवस्थापनसम्बन्धी बलियो सिपको महत्वलाई अतिरञ्जित गर्न सकिन्न । बेलायतको विस्तृत र जीवन्त मेला÷पर्वका दृश्यहरु हेर्दा हामीलाई के थाहा छ भने यस्ता मेलापर्वहरुको राम्रो व्यवस्थापन र दक्ष मेलापर्व व्यवस्थापकले कलाको क्षेत्रमा दिगोपना र वृद्धिको थप सम्भाव्यताहरु ल्याउन सक्छन् । कलाकार, अभिनेता र सृजनशीलता उद्यममा आबद्ध वा यसमा रुचि राख्ने व्यक्तिहरुलाई दक्षिण एशिया फेष्टिभल एकेडेमीले समावेशी परिस्थितिमा व्यावसायिक दृष्टिकोण विकसित गर्न असाधारण मौका उपलब्ध गराउनेछ भने अन्तरराष्ट्रिय मेला व्यवस्थापकहरुको विज्ञताबाट पनि उनीहरुले लाभ उठाउन सक्नेछन् ।’

‘विश्वभर नै मेला एवम् पर्वहरु कलात्मक अभिव्यक्ति, सांस्कृतिक संवद्र्धन र समावेशिताका लागि मञ्चका रुपमा हेरिन्छ । यसले स्थानीय अर्थतन्त्रमा उल्लेख्य प्रभाव पार्न सक्छ । यसको सांस्कृतिक महत्व बेलायत र नेपाल दुवैतिर निकै धेरै छ, अनि यसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्छ । एकेडेमीका लागि नेपालबाट आवेदन पाउने आशामा हामी छौं,’ उनले भनिन् ।

साफ्काले उपलब्ध गराएको इन्टरमिडियट कोर्स तीन वर्षको अनुभवको परिणाम हो । यो एकेडेमिक बीएन कोर्स अनुसार बनेको हो । यसले दक्षिण एशियाको अद्वितीय मेलापर्व र सांस्कृतिक प्रसंगलाई अपनाएको छ । यो प्रोग्राममा बेलायत र दक्षिण एशिया दुवैका फेष्टिभल एकेडेमिक्स र विज्ञहरुले सिकाउँछन् । यो खासगरी पर्व निर्देशक, संस्थापक, उद्यमी र दक्षिण एशियाभर कला र संस्कृति मेलाका वरिष्ठ व्यवस्थापकका लागि तयार पारिएको हो । यो १० हप्ता अवधिको गहन, संरचित सिप विकास कार्यक्रम हो । वरिष्ठ नेतृत्वदायक भूमिकामा सक्रिय अनुभव देखाउन सक्ने अनि मेला र संस्कृतिको क्षेत्रमा ५ देखि १० वर्षसम्म काम गरेको अनुभव भएकाबाट आउने निवेदनलाई विचार गरिनेछ । प्रतिव्यक्ति खर्च ७५० पाउन्ड (१ लाख २१ हजार ५०० सय रुपैयाँ) लाग्नेछ । तर ब्रिटिश काउन्सिलले प्रतिव्यक्ति ५०० पाउन्ड सहुलियत दिनेछ । अर्थात् कुल खर्च २५० पाउन्ड (४० हजार ५०० रुपैयाँ) मात्रै हुनेछ ।

दक्षिण एशिया फेष्टिभल्स एन्ड कल्चर एकेडेमीसम्बन्धी थप विवरणका लागि र इन्टरमिडियट लेभल कोर्समा आवेदन दिनका लागि www.britishcoucil.org.np मा जानुपर्नेछ ।

ब्रिटिश काउन्सिल
ब्रिटिश काउन्सिल सांस्कृतिक सम्बन्ध अनि शैक्षिक अवसरका लागि बेलायती अन्तरराष्ट्रिय संगठन हो । बेलायत र विश्वका अन्य देशका मानिसबीच कला, शिक्षा र अंग्रेजी भाषाको माध्यमबाट सम्बन्ध बनाएर, एक आपसमा आबद्धता, समझदारी र विश्वास निर्माण गरिरहेका छौं । गएको वर्ष हामी प्रत्यक्ष रुपमा ८ करोडभन्दा धेरै मानिसमाझ पुग्यौं । अनलाइन, प्रसारक र प्रकाशक सहित समग्रमा भने यो संख्या ७९ करोड १० लाख थियो । ब्रिटिश काउन्सिल सन् १९३४ मा स्थापना भएको परोपकारी संस्था हो । यसको सञ्चालन रोयल चार्टरले गर्छ । यो बेलायतको सार्वजनिक निकाय हो । हामीले बेलायत सरकारबाट १५ प्रतिशत खर्च पाइरहेका छौं ।

दक्षिण एशिया फेष्टिभल्स एन्ड कल्चर एकेडेमी
दक्षिण एशिया फेष्टिभल्स एन्ड कल्चर एकेडेमी ब्रिटिश काउन्सिल र एडिनबर्ग न्यापियर विश्वविद्यालयबीचको असाधारण साझेदार हो । यो दक्षिण एशियाभर मेला÷पर्व र कला उद्योगको अभिवृद्धि र यी उद्योगलाई मजबुत बनाउन तयार पारिएको हो । नवप्रवर्तनमुखी बृहत अनलाइन कोर्सहरुमार्फत एकेडेमीले कला पेशाकर्मीहरुको वृद्धि र विकासलाई मलजल गर्नेछ भने सांस्कृतिक अन्तर भर्ने सेतुको काम गर्नेछ । साथै अन्तरराष्ट्रिय विनियममा सहजीकरण पनि गर्नेछ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS